Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
शिक्षा तथा संस्कृति मन्त्रालय

शिक्षा विकास निर्देशनालय, धनुषा

मधेश प्रदेश सरकार

शिक्षा तथा संस्कृति मन्त्रालय

शिक्षा विकास निर्देशनालय, धनुषा

निर्देशकको सन्देश 2078-10-27

शिक्षा विकासका पूर्वाधारहरुको पनि पूर्वाधार हो । ब्यक्ति,समाज र समग्र मुलुकको समुन्नतिका लागि शिक्षा आधारस्तम्भ हो । त्यसैले पनि शिक्षालाई उच्च प्राथमिकतामा राख्नु अपरिहार्य देखिन्छ । शिक्षालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नेहरु विकासका हरेक आयामहरुमा साँच्चिकै र सोचेजस्तै समुन्नतिको यात्रामा अघि बढ्न सफल देखिन्छन । यसका विपरित शिक्षालाई पछि-पछि गर्दै गरौंला,अहिले अरु नै गरौं भन्ने मुलुकहरु विकास र समुन्नतिका कुनै क्षेत्रमा अघि बढ्न नसकेर थला परेको अवस्था छ । त्यसैले शिक्षालाई उच्च प्राथमिकतामा नराखेर विकासका कुरा गर्नका लागि कसैलाई छुट नभएको यथार्थता सवै तिरका दृष्टान्तहरुको अध्ययन गर्दा सहजै पुष्टि हुन्छ ।

शिक्षाका कुरा गर्दा शिक्षा कस्तो किसिमको भन्ने विषयले पनि अहम् महत्व राख्ने गर्दछ । जसरी शरीरका हरेक अङ्ग स्वस्थ राख्नका लागि शरीरका हरेक अङ्गमा प्रवाह हुने रगतले काम गर्दछ शिक्षाले पनि त्यसैगरी काम गर्दछ । रगत गतिलो भएका शरीर स्वस्थ भए झै शिक्षा गतिलो भयो भने समाज र समग्र देश पनि स्वस्थ हुन्छ । शिक्षा गतिलो छ भन्ने कुराको प्रमाणिकरणका लागि त्यसले उत्पादन गर्ने जनशक्ति गतिलो हुनु पर्दछ । यदि शिक्षाले उत्पादन गरेका जनशक्ति जनशक्ति इमान्दार,स्वाभिमानी,आत्मनिर्भर,सीपयुक्त,सकारात्क,खुशी र  ब्यक्तिगत भन्दा बृहत सामाजिक स्वार्थका निम्ति समर्पित छ भने शिक्षा गतिलो छ भनेर सहजै अनुमान गर्न सकिन्छ । अन्यथा शिक्षा आर्जन गरेर पनि ब्यक्ति कर्ममा भन्दा पनि चाकरीमा विश्वास गर्ने,काम भन्दा पनि कुरामा जोड दिने,स्वदेशलाई भन्दा पनि विदेशलाई आफ्नो गन्तब्य बनाउने र श्रमलाई भन्दा पनि पद र पोजीसनलाई उच्च प्राथमिकता दिने भयो भने त्यो शिक्षाले समुन्नतिका लागि अमृत भन्दा पनि बीष बनेर काम गर्दछ ।

शिक्षाको उल्लिखित महत्व र अपरिहार्यतालाई स्विकार गर्दै नेपालको संविधान २०७२ ले निर्देश गरेका शिक्षाका सवालहरुलाई प्रदेशस्तरमा कानून,नीति र कार्यक्रम बनाइ कार्यान्वयन गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई सहयोग गर्नु यस निर्देशनालयको प्रमुख भूमिका रहेको छ । यसको अतिरिक्त संविधानको मर्म अनुरुप सहकार्य,समन्वय र सहअस्तित्वका आधारमा संघीय सरकारका विभिन्न मन्त्रालय र निकायहरुबाट प्रत्यायोजित कार्यहरुको प्रदेशस्तरमा सम्पादन गर्ने र स्थानीय तहमा शिक्षाका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सहजीकरण गर्ने काम पनि यस निर्देशनालयले सम्पादन गर्ने कुरामा निर्देशनालय सचेत छ । मन्त्रालयलाई आवश्यकता महसुस भएको अवस्थामा प्रदेशको शिक्षाको स्तर उठाउने देखि लिएर शैक्षिक अनुसन्धान,प्राविधिक र ब्यावसायिक शिक्षा,उच्च शिक्षा,साक्षरता,शिक्षाको मापदण्ड निर्धारण आदिको क्षेत्रमा काम गर्न आवश्यक परामर्शका लागि निर्देशनालय हरेक परिवेशमा उपस्थित भएको छ र हुदै पनि जानेछ । यसका साथै प्रदेशको शैक्षिक उन्नयतका क्षेत्रमा निर्देशनालय जसअपजसको समेत भागि हुने गरी जिम्मेवारिपूर्वक प्रस्तुत हुने कुरामा निर्देशनालय सदैव गम्भीर र सम्बदेनशील भएको कुरा सम्बन्धित सबैमा अनुरोध गर्दछु । धन्यवाद ।

 

2019-07-02 23:23:15


पछिल्लो अपडेट गरिएको : 2081-01-13 11:27:39
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers